११ मंसिर २०८२, बिहीबार

प्रधानमन्त्री सुशीला कार्कीद्वारा सचिवालय संख्या कटौती, अब ६ जनामात्रै

कोलोराडोखबर संवाददाता , November 27th, 2025

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय संख्या कटौती गरेकी छिन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएको जनाएको हो ।

अब प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहने भएका हुन् ।

जेनजी आन्दोलनको प्रतिनिधिका रूपमा सचिवालयमा परेकाहरूलाई समेत प्रधानमन्त्री कार्कीले हटाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्