९ मंसिर २०८२, मंगलवार

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

कोलोराडोखबर संवाददाता , November 25th, 2025

अमेरिका । बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार स्थानीस समय अनुसार सोमबार अपराह्‍न उहाँको आफ्‍नै निवासमा निधन भएको हो ।

बलिउड फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्‍यक्त गर्दै अभिनेता धर्मेन्द्रको निधन पुष्टि गर्नुभएको छ ।

उहाँले धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको उल्लेख गर्दै उहाँ भारतीय सिनेमाको इतिहासमा सधैँ चम्किरहने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्