नेपाल । विभिन्न घटकहरूबीच एकीकरण भएर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले अन्तरिम अध्यक्ष परिषद् गठन गरेको छ।
एकता महाधिवेशन अघि पार्टीलाई नेतृत्व गर्नका लागि आइतबार एकता घोषणासँगै अध्यक्ष परिषद् गठन गरिएको हो।
अध्यक्ष परिषदमा सबै युवा नेताहरू छन् । परिषद सात सदस्यीय रहने भए पनि अहिले पाँच सदस्यको मात्र टुंगो लागेको छ । पछि एकतामा जोडिने घटकहरूबाट अन्य सदस्य थपिने छ ।
अहिले जेनजी आन्दोलनकी नेतृ ओजश्वी भट्टराई, सन्तोष परियार, सुदन किराती, अशोक जैसवाल र दुर्गा सोब गरी अहिले पाँच जना अध्यक्ष परिषदमा छन् ।
उक्त पार्टीमा बाबुराम भट्टराई, जनार्दन शर्माको अभिभावकत्व छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्