७ मंसिर २०८२, आईतवार

चुनावी विजयपछि न्युयोर्क मेयर ममदानीसँग राष्ट्रपति ट्रम्पको पहिलो औपचारिक अन्तरक्रिया

कोलोराडोखबर संवाददाता , November 23rd, 2025

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको द्वन्द्व न्यूनीकरणमा आफैँले निर्वाह गरेको ‘ केन्द्रीय भूमिका’ सम्बन्धी दीर्घकालीन दाबीलाई फेरि दोहोर्‍याउनुभएको छ ।

न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान ममदानीसँग ह्वाइट हाउसमा भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले यो दाबी पुनः अघि सार्नुभएको हो । चुनावी विजयपछि पहिलो औपचारिक अन्तरक्रियाका लागि वासिङ्टन पुग्नुभएका ममदानी र राष्ट्रपति ट्रम्पबिचको भेट ओभल अफिसमा सम्पन्न भयो ।

राष्ट्रपति ट्रम्पले बैठकलाई ‘उत्कृष्ट’ भन्दै उहाँसँग कुरा गर्न ‘रमाइलो’ लागेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्