५ मंसिर २०८२, शुक्रबार

कोलोराडोमा साहित्य सम्मेलन हुँदै, कार्यक्रमलाई भव्य बनाउन नोभेम्बर २९ मा छलफल आयोजना

कोलोराडोखबर संवाददाता , November 21st, 2025

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा नवौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा सन् २०२६ को मे २२–२५ सम्म आयोजना गरिने भएको छ ।

यसैबीच कोलोराडो शाखाको संयोजनमा हुने उक्त कार्यक्रमको संयोजनामा अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीलाई नियुक्त गरिएको केन्द्रीय महासचिव राजु सिटौलाले जनाएका छन् ।

सम्मेलनको तयारीमा क्रममा अनेसास केन्द्र र विभिन्न समिति/उपसमितिहरुसँग निरन्तर सम्पर्कमा रही कार्यक्रमलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न क्रियाशील रहने संयोजक अधिकारीले बताए ।

यसैबीच सो सम्मेलनलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न र कोलोराडो निवासी सम्पूर्ण नेपालीहरुको साथ, सहयोग र सक्रियता आवश्य रहेको हुँदा सोही सम्बन्धमा छलफल गर्न यही नोभेम्बर २९ मा नेपाली घरमा बैठक राखिएको र सो कार्यक्रममा उपस्थितिका लागि कोलोराडो क्षेत्रमा सक्रिय सबै संघसंस्थाका प्रतिनिधिहरु र समाजसेवीहरुलाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्