अमेरिका । अस्ट्रेलियामा सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तिन नेपालीको मृत्यु भएको छ । आमा, बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो ।
भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा हुँदा कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्