२६ कार्तिक २०८२, बुधबार

बेलायतको लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन

कोलोराडोखबर संवाददाता , November 12th, 2025

अमेरिका । बेलायतको लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन भएको छ ।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको खबर प्राप्त भएको छ ।

युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर सर्टिफिकेट लिने अघिल्लो दिन उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्