नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ११०औं केन्द्रीय बैठक आगामी नोभेम्बर २ आइतवारका दिन बस्ने भएको छ । बैठक भर्चुअल माध्यममार्फत आयोजना हुनेछ ।
पछिल्लो समय एनआरएनएमा एकता र समायोजनका विषयमा तीव्र चर्चा चलिरहेका बेला बस्न लागेकाले यो बैठकलाई निकै महत्वपूर्ण र चासोको विषयका रूपमा हेरिएको छ ।
संघका महासचिव गौरीराज जोशीका अनुसार बैठकमा संस्थाका आन्तरिक प्रतिवेदन, संस्थागत अद्यावधिक (अपडेट) तथा आगामी कार्यक्रमका अजेण्डाहरू प्रस्तुत गरिने छ । साथै, यसअघि स्थगित गरिएको १२औं बृहत एकता महाधिवेशनको नयाँ मिति तय गर्ने विषय पनि बैठकको मुख्य एजेन्डामा हुने अपेक्षा गरिएको छ ।

 कोलोराडोखबर संवाददाता
कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्