९ कार्तिक २०८२, आईतवार

कविताः अनुकुलन

कोलोराडोखबर संवाददाता , October 25th, 2025

-लक्ष्मण आचार्य-

आऊ हामी एक‌छिन
रगतको पोखरीमा पौडी खेलौँ
आऊ हामी एक‌छिन
पसिनाको त‌लाउमा माछा मारौँ

विस्तारै डुब्दैछ घाम
र पलाउँदै रात
आऊ एकछिन झ्याउँकिरीसँगसँगै
यो समयमा बेसुरा गीत गुनगुनाअ‍ौँ

छिप्पिदै छ रात
डिस्को नाचौँ
साम्बा नाचौँ
अश्लिलता र अशिष्टताका गल्ली गल्ली हिँडेर
पुगौँ स्वार्थको टेबुलमा
र समृ‌द्धिको बफे डिनर गरौँ
लेवल लेबलका अन्तर्राष्ट्रिय रक्सी पिएर सक्दो अराजकताहरू ओकलौं

आऊ
समय विरोधी प्रतिरोधी विचार रोप्दै
हामीले आफूले आफूलाई अनुकुलन गरौं
र समग्र सुशासनका सपनाहरू ओझेल पारौँ

–चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्