३ कार्तिक २०८२, सोमबार

गजल: भ्रष्टाचारी लुटेराको, कस्तो चुरि-फ़ुरि !

कोलोराडोखबर संवाददाता , October 20th, 2025

-ज्ञानेन्द्र गदाल-
*****
भ्रष्टाचारले सिमा नाघ्यो, ऋणले नाघ्यो धुरी
भ्रष्टाचारी लुटेराको, कस्तो चुरि-फ़ुरि !

हिजोसम्म भुक्के चप्पल, पड्काई हिंड्ने नाथे
पजेरोमा गुड्दा आज, लाग्छ कुरिकुरि ।

लोकतन्त्रका ठेकेदार, भन्दै आफुलाई
जनताको पिठ्यूँमा चैं, धस्तारैछन् छुरी ।

खोक्रो पारे देशलाई, रजाईं गरे अति
त्यसैले त बिद्रोहको, चल्यो आँधि हुरि ।

जेन्जी पुस्ता उठेका छन्, भ्रष्टाचार बिरुद्ध
एउटै आवाज हुनुपर्छ, नबढाऊ है दूरी ।

-कोलोराडो, अमेरिका ।

प्रतिक्रिया दिनुहोस्