अमेरिका । एनआरएनए एनसीसी अमेरिका लामो समयदेखिको आन्तरिक विभाजन अन्त्य गरी सशक्त एकता कायम गर्ने दिशामा पहल शुरु भएको छ ।
एनआरएन एनसीसी अमेरिकाको गत सेप्टेम्बर २२ मा अध्यक्ष विकास उप्रेतीको अध्यक्षतामा बसेको पूर्ण कार्यसमिति बैठकले हाल विद्यमान दुई एनसीसीहरू (जुलाई २७ र अगस्त १८ मा गठन भएका) बीच एकताका लागि औपचारिक निर्णय पहल अघि बढाइएको छ ।
सोही निर्णयअनुसार वरिष्ठ उपाध्यक्ष प्रेम तामाङको संयोजकत्वमा, उपाध्यक्ष दीपक सापकोटा र प्रवक्ता द्रोण गौतम सदस्य रहेको तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो ।
समितिले गठन हुने बित्तिकै सत्येन्द्र शाहको नेतृत्वमा रहेको समितिका जिम्मेवार सदस्यहरूसँग वार्ताको पहल सुरु गरेको थियो ।
वरिष्ठ उपाध्यक्ष प्रेम तामाङले जारी गरेको सो विज्ञप्तिमा एनआरएनए अमेरिकालाई एकजुट र सशक्त बनाउने प्रयासमा आफूहरू सधैँ प्रतिबद्ध, तत्पर र सहयोगी रहने स्पष्ट पारेका छन् । यस अभियानमा सबै गैरआवासीय नेपाली समुदायको सहयोगको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्