२९ आश्विन २०८२, बुधबार

दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

कोलोराडोखबर संवाददाता , October 15th, 2025

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा साढे तीन खर्ब रुपियाँभन्दा बढी प्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आव २०८२–८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार रेमिट्यान्स ३३.१ प्रतिशतले बढेर तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो ।

२०८२ भदौको रेमिट्यान्स एक खर्ब ७४ अर्ब ६७ करोड रुपियाँ छ । अघिल्लो वर्षको सोही महिनामा एक खर्ब २७ अर्ब ९९ करोड रुपियाँ थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बढेर दुई अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्