२८ आश्विन २०८२, मंगलवार

हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी अब जीवित रहेनन् !

कोलोराडोखबर संवाददाता , October 14th, 2025

नेपाल । विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ । हमास समूहले इजरायलको किबुल आलुमिमबाट विसं २०८० असोज २३ मा जोशीलाई अपहरण गरेको थियो ।

नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि जोशी जीवित नरहेको सामाजिक सञ्जालमार्फत पुष्टि गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालका लेख्नुभएको छ, “विपीन जोशी अब हामीमाझ रहनुभएन । दुई वर्षको आशा अब समाप्त भएको छ ।”

इजरायली सञ्चारमाध्यमले पनि जोशी जीवित नरहेको स्पष्ट पारेका छन् । जोशी सन् २०२३ मा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्