२७ आश्विन २०८२, सोमबार

अमेरिकाको मिसिसिपीमा गोली चल्दा ४ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , October 12th, 2025

अमेरिका । अमेरिकाको मिसिसिपीमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। राजधानी ज्याक्सनबाट १२० किलोमिटर उत्तरपूर्वमा रहेको लेल्यान्डको मुख्य सडकमा शुक्रबार मध्यराततिर गोली चलेको हो ।

चार जना घाइतेलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ । अहिलेसम्म कुनै पनि संदिग्धलाई हिरासतमा लिइएको छैन। स्थानीय समयअनुसार शुक्रबार लेल्यान्ड हाइस्कुलको होमकमिङ अमेरिकन फुटबल प्रतिस्पर्धा सकिएपछि राति आयोजना गरिएको भेलामा गोली प्रहार भएको थियो। ।

प्रतिक्रिया दिनुहोस्