४ चैत्र २०८२, बुधबार

पार्टीको रणनीति र नयाँ कार्यदिशा तय गर्न एमाले सचिवालयको बैठक बस्दै

कोलोराडोखबर संवाददाता , October 10th, 2025

नेपाल । नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ ।

यसअघि आइतबारका लागि तय गरिएको पार्टीको ५८औँ सचिवालय बैठक अविरल वर्षासँगै बाढी पहिरो र डुबान भएकाले बैठक आजका लागि सारिएको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ । यसअघि, असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।

एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्