२७ आश्विन २०८२, सोमबार

कोलोराडोमा हुन लागेको कन्सुलर सेवा क्याम्पको सम्पूर्ण तयारी पूरा

कोलोराडोखबर संवाददाता , October 9th, 2025

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा आगामी अक्टोबर १० देखी आयोजना हुन लागेको राहदानी सेवा शिविरको सम्पूर्ण तयारी पूरा भएको छ ।

हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनको संयोजन र नेपाली घरको अगुवाइमा आगामी यही अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुने उक्त शिविर नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सञ्चालन हुन लागेको हो ।

सेवा शिविरमा सेवालिन चाहनु हुने सम्पूर्णका लागी वाशिङ्गटन डीसीस्थित नेपाली राजदुतावासले सेप्टेम्बर २५ मा आवेदन फारम भर्न एक सूचना जारी गरेको थियो । सोही अनुसार हालसम्म ४०० भन्दा बढी सेवाग्राहीले फारम भरी सकेका छन् भने १०० भन्दा बढिले फारम भर्न नपाएको गुनासो गरेको नेपाली घरका बरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंले बताएका छन् ।

यसले सेवा शिवीरमा सेवा लिन चाहनेको संख्या उच्च रहेको देखाएको छ । यस्तो परिस्थितीलाई मध्य नजर गर्दै सेवा शिविरलाई ब्यवस्थित रूपमा संचालन गर्न र सेवाग्राहीलाइ सहयोग पुर्याउन १ सय भन्दा बढी स्वयंसेवीहरू स्वस्फूर्त रूपमा नाम दर्ता गरेको कुरा चौलागाइले बताएका छन् ।

सेवा शिविरमा राहदानी नवीकरण, एनआरएन कार्डको आवेदन संकलन, र ट्राभल डकुमेन्टको सेवा उपलब्ध हुने भनिएकोमा ३५५ जनाले राहदानीका लागि फारम भरेका छन् भने ३७ जनाले गैर आवासीय नेपाली कार्डका लागि आवेदन दिएका छन् । यसैगरी ४ जनाले ट्राभल डकुमेन्ट, ४ जनाले वारिसनामाका लागि र अन्य ४ जनाले विविध सेवाका लागि फारम भरेका नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताए ।

क्याम्पमा कोलोराडो लगायत एरिजोना, टेक्सास, नेब्रास्का, मिनेसोटा, युटाहा,वायोमिङ र ओक्लोहोमा लगायत नजीकका छिमेकी राज्यहरुबाट पनि सेवाग्राहीहरू आउने जानकारी प्राप्त भएको बताइएको छ । तीन दिनको सेवा शिविरमा सबै सेवाग्राहीको काम नसकिए दुतावासले समय थप गरेर भए पनि सेवाग्राहीको काम सकिदिन पर्ने आवाज उठ्न थालेको नेपाली घरका पदाधिकारीहरू बताउँछन् ।

कन्सुलर सेवा प्रदान गर्नका लागि नेपाली दुतावासका कर्मचारीहरू बिहीबार बेलुका कोलोराडो आइपुग्ने कार्यक्रम रहेको छ । सेवा प्रवाहलाई सहज बनाउनका लागि एनआरएन कार्ड र पासपोर्ट सम्बन्धी कामको लागि छुट्टाछुट्टै टेबलको व्यवस्था गरिने बताइएको छ ।

सेवा शिविरको ठेगाना 4001 W 76th Avenue, CO, 80030 रहेको छ र सेवा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुनेछ ।

कोलोराडोमा हुने कन्सुलर घुम्ती शिविरमा सेवा लिन ४ सय भन्दा बढीले फारम भरे

अक्टोबर १०, ११ र १२ मा कोलोराडोमा नेपाली दूतावासको घुम्ती शिविर सेवा हुने

कोलोराडोमा हुने नेपाली राहदानी सेवा शिविरमा अनलाइन आवेदन फारम भर्ने तरिका

प्रतिक्रिया दिनुहोस्