१७ आश्विन २०८२, शुक्रबार

कांग्रेस सभापति देउवाका सासुससुराको घरमा पनि सीआईबीको छापा

कोलोराडोखबर संवाददाता , September 30th, 2025

नेपाल । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका सासुससुराको घर पनि छापा मारेको छ ।

आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो । भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाकी भाइ हुन् ।

छापा मार्ने क्रममा भूषण भने घरमा थिएनन् । बुवाआमा भने घरमै थिए । ललितपुर महानगरपालिका–४ मा पर्ने उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको हो ।

सीआईबीका अधिकृतहरूले बताए अनुसार, शंकास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्