५ चैत्र २०८२, बिहीबार

पार्टीको आगामी महाधिवेशनसँगै नेतृत्व छोड्ने प्रचण्डको उद्घोष

कोलोराडोखबर संवाददाता , September 25th, 2025

नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेतृत्व परिवर्तन हुने जानकारी दिएका छन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उनले पार्टीको आगामी महाधिवेशनसँगै आफूले नेतृत्व छोड्ने जानकारी दिएका हुन् ।

नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको स्विकार्दै उनको यस्तो भनाइ आएको हो । आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा टुंगिने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्