नेपाल । जेनजी आन्दोलनको क्रममा बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवालय रहेको भवन क्षतिग्रस्त भएको हुँदा अर्को सूचना जारी नभएसम्मका लागि संघको सचिवालय अस्थायी रूपमा बन्द गरिएको छ ।
संघका प्रवक्ता फणिन्द्र पन्तका अनुसार सचिवालयका सम्पूर्ण कार्यहरू घरबाट सम्पादन गर्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाबाट अत्यावश्यक सेवा प्रवाहमा कुनै असर नपर्ने संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्