२९ भाद्र २०८२, आईतवार

एनआरएनएद्वारा प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन

कोलोराडोखबर संवाददाता , September 14th, 2025

नेपाल । नेपालको ४२औँ तथा पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) र विश्वभरका गैरआवासीय नेपालीहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

संघले जारी गरेको विज्ञप्तिमा ऐतिहासिक जेन–जी आन्दोलनको मर्मअनुरूप, जनताको हितमा जनताको म्यान्डेटलाई पूरा गर्न प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकार सफल हुने विश्वास प्रकट गरिएको छ ।

एनआरएनएले नेपालको पुनः समृद्धि, शान्ति र सुन्दरता कायम गर्ने साझा लक्ष्यमा हातेमालो गर्दै पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । संघले प्रधानमन्त्री कार्कीलाई देशलाई समृद्धिको मार्गमा अघि बढाउन सहयोग र समर्थन गर्न सबै सरोकारवालालाई पनि अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्