शोक सभा तथा दीप प्रज्वलन
नेपालमा हालै भएको Gen Z विरोध प्रदर्शनका क्रममा अकालमा ज्यान गुमाउनुभएका सम्पूर्ण आत्माहरूको चिर शान्तिको कामना गर्दै हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
यस दुःखद घडीमा आज बेलुकी ७:३० बजे नेपाली घरको प्राङ्गणमा आयोजित मौन धारण तथा दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्न हार्दिक अनुरोध गर्दछौँ।
मिति: २०२५ सेप्टेम्बर ८
समय: बेलुका ७:३० बजे
स्थान: नेपाली घर, 4001 W. 76th Ave, Westminster, CO
घाईते तथा ज्यान गुमाएका बाल युवाहरूको सम्मानमा आयोजना शोक सभा शान्तिपूर्ण तरिकाले आयोजना गरिने यस कार्यक्रम मार्फत एकता, सम्झना र प्रार्थना गर्दै न्यायको आवाज उठाउनेछौं।
कृपया आफ्नो साथमा मैनबत्ती ल्याइदिनुहोस् र समुदायसँगै एकतामा उभिनुहोस्।
NRNA Colorado Chapter

प्रतिक्रिया दिनुहोस्