अमेरिका । एनआरएनए एनसीसी अमेरिकाले अक्टोबर ११-१४ मा काठमाडौँमा हुने आईसीसीको १२औं अन्तराष्ट्रिय अधिबेशनमा सहभागी हुने २४६ जनाको नाम सार्वजनिक गरेको छ ।
अगस्ट १० देखि २० भित्र अन्तर्राष्ट्रिय प्रतिनिधि बन्न एमआईएस प्रणालीमै आफैं फाराम भरी दर्ता भएका सदस्यहरू मध्येबाट प्रतिनिधिहरुको नाम छनौट गरी सार्वजनिक गरिएको एनआरएनए एनसीसी अमेरिकाका महासचिव आरसी पन्तले जानकारी दिनु भयो ।
निर्धारित प्रक्रिया र विधिअन्तर्गत २०२५ अगस्ट ३१ मा राष्ट्रिय समन्वय परिषद् बैठकमार्फत उल्लेखित नामहरु सार्वजनिक गरिएको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेतीले उल्लेख गर्नु भयो ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी)
प्रेस विज्ञप्ति
मिति: अगस्ट ३१, २०२५
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अन्तर्गत आगामी आईसीसी २०२५–२०२७ कार्यकालका लागि डेलिगेट चयन प्रकृया अन्तर्गत, डेलिगेट चयन समितिद्वारा तयार पारिएको २४६ जनाको नामावली महासचिव र अध्यक्ष समक्ष पेश गरिएको थियो। सो नामावली अध्यक्ष र महासचिवले रुजु गरी गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) समक्ष बुझाइसकिएको छ।
डेलिगेट बन्ने इच्छा व्यक्त गर्दै ३३३ जनाले स्मार्ट एपमार्फत फर्म भर्नुभएको थियो। प्राविधिक मापदण्ड, योग्यता र निष्पक्ष प्रक्रियाको आधारमा कुल २४६ जना योग्य उम्मेदवारको छनोट गरिएको हो।
छनोटमा परेका सदस्यहरू निम्न अनुसार रहेका छन्:
आईसीसी (२०२३–२०२५) सल्लाहकार – ३ जना
आईसीसी (२०२३–२०२५) मानार्थ सदस्य (Honorary Member) – ४ जना
आईसीसी (२०२५–२०२७) सदस्य – ६ जना
एनसीसी (२०२५–२०२७) अध्यक्ष – १ जना
आईसीसी (२०२३–२०२५) कार्यसमिति सदस्य – २१ जना
एनसीसी (२०२५–२०२७) कार्यसमिति सदस्य (१०%) – २१ जना
डेलिगेट (९०%) खुला प्रतिस्पर्धाबाट – १९० जना
छनोटमा पर्न सफल सम्पूर्ण सदस्यहरूलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
धन्यवाद।
द्रोण गौतम
प्रवक्ता
गैरआवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद् (एनसीसी)
प्रतिक्रिया दिनुहोस्