अमेरिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) एनसिसि अमेरिकाको सन् २०२५–२७ का लागि हुने भनिएको निर्वाचन अब अगस्ट १७ र १८, २०२५ (आइतवार र सोमवार) मा हुने भएको छ ।
निर्वाचन सम्पन्न गर्नका लागि टुक रेग्मीलाई निर्वाचन प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघिका निर्वाचन प्रमुख बासु फुलाराले राजीनामा दिए पछि अन्यौलता सिर्जना भएको थियो ।
यस अघि बासु फुलारा निर्वाचन प्रमुख र प्रिय रन्जन दाहाल, बिनोद सुवेदी, टुक रेग्मी र खड्ग उप्रेती सदस्य रहेको निर्वाचन आयोगले अगष्ट १६ र १७, २०२५ (शनिवार र आइतवार) निर्वाचन गर्ने निर्वाचन कार्यतालिका सार्वजिक गरेको थियो।
एनआरएनए एनसीसी अमेरिकाले मतदाताहरुलाई इमेल मार्फत उक्त परिमार्जित निर्वाचन मितिका बारेमा जानकारी गराएको छ । आसन्न निर्वाचनमा १३ हजार २ सय ८ मतदाताले मतदान गर्न पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्