३० भाद्र २०८२, सोमबार

एनआरएनए आईसीसीको १२औं महाधिवशेन अन्तरगत निर्वाचन प्रक्रियाका लागि तयारी सुरु

कोलोराडोखबर संवाददाता , August 15th, 2025

अमेरिका । एनआरएनएको १०६औं अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकको निर्णयअनुसार सन् २०२५ को अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा आयोजना हुने १२औं अन्तर्राष्ट्रिय विश्व सम्मेलन तथा महाधिवेशन अन्तर्गत हुने आईसीसी निर्वाचन प्रक्रियाका लागि तयारी सुरु भएको छ ।

यसै सन्दर्भमा आईसीसी निर्वाचन प्रक्रियाका लागि नियुक्त प्रमुख निर्वाचन आयुक्त अधिवक्ता डा. राजेन्द्र घिमिरे र संघका तर्फबाट अध्यक्ष डा. बद्री केसीबीच निर्वाचन प्रक्रिया सुचारु गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त समझदारीपत्रमा निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत रुपमा सञ्चालन गर्न आवश्यक सहयोग र समन्वय गर्ने सहमति जनाइएको छ । १२औं महाधिवेशन तथा विश्व सम्मेलनमा विभिन्न मुलुकबाट प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्