३० भाद्र २०८२, सोमबार

अमेरिकाको टेक्सासमा एउटा पसलभित्र भएको गोली हानाहानमा तीनजनाको मृत्यु

कोलोराडोखबर संवाददाता , August 13th, 2025

अमेरिका । टेक्सासस्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रिसर्च बुलेवार्डमा अवस्थित टार्गेट स्टोरमा गोली हानाहानको रिपोर्ट प्राप्त भएपछि प्रहरी अधिकारीहरूले गोली लागि घाइते भएका तीन व्यक्ति पेला पारेको बताएको छ ।

प्रहरीका अनुसार एक ३२ वर्षीय संदिग्धले स्टोरको पार्किङबाट कार चोरी घटनास्थलबाट भागेको थियो । पीडितमध्ये एकजना चोरी भएको गाडीको मालिक रहेको बताइएको छ ।

प्रहरीले संदिग्धले भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिएको र घटनाको उद्देश्य पत्ता लगाउन अनुसन्धान जारी रहेको पुष्टि गरेको छ ।

बन्दुक हिंसा संयुक्त राज्य अमेरिकामा सबैभन्दा दबाबपूर्ण सुरक्षा र सामाजिक सङ्कटहरूमध्ये एक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्