३० भाद्र २०८२, सोमबार

टेक्ससमा भएको गोलीकाण्डमा भुटानबाट पुनर्स्थापित एक परिवारका तीन सदस्यको मृत्यु

कोलोराडोखबर संवाददाता , August 11th, 2025

अमेरिका । शनिबार बिहान टेक्ससको ड्यालसमा भएको गोलीकाण्डमा भुटानबाट पुनर्स्थापित एक परिवारका तीन सदस्यको मृत्यु भएको छ ।

२००८–०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रम अन्तरगत ड्यालस आएका ५३ बर्षिय ललित प्रधान, उनकी ३७ बर्षिया पत्नी रजनी श्रेष्ठ प्रधान र ३ बर्षिया छोरा प्रनिश प्रधानको निधन भएको हो । ललितले पत्नी र छोरालाई गोली हानेर हत्या गरेपछि आफैलाई पनि गोली हानेर आत्महत्या गरेका हुन् ।

शनिबार बिहान २ः१० मा घटना भएको हो । प्रहरी घटनास्थलमा पुग्दा रजनी र प्रनिशको गोलीका कारण निधन भैसकेको थियो भने घाइते अवस्थामा रहेका ललितलाई तत्काल अस्पताल लगेपनि उपचारको क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्