१९ बैशाख २०८३, शनिबार

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, खतराको संकेत स्वरुप रातो बत्ती !

कोलोराडोखबर संवाददाता , August 10th, 2025

नेपाल । सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । लगातारको वर्षाका कारण शनिबार राति ९ बजे गरिएको मापनअनुसार, कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४३० क्युसेक पुगेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार, कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले २८ वटा खोलिएका छन् ।

जब पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघ्छ, तब खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । अहिले पनि सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण जलसतह बढेको हो ।

प्रतिक्रिया दिनुहोस्