नेपाल । घानामा भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा आठजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह र पर्यावरण, विज्ञान र प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि छन् । यसमा अन्य तीन सरकारी अधिकारी र तीन वायुसेना कर्मचारी पनि थिए ।
घाना सशस्त्र बलका अनुसार, जेड–९ हेलिकोप्टर बुधबार बिहान राजधानी अकाराबाट ओबुआसीका लागि उडेकोमा रडारसँग सम्पर्क टुटेको थियो ।
उक्त दुःखद घटनापछि घाना सरकारले शोक व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्