३० भाद्र २०८२, सोमबार

एनआरएनए एनसीसीको अध्यक्षमा साह, वरिष्ठ उपाध्यक्षमा पाण्डे र उपाध्यक्षमा गौतमको उम्मेदवारी

कोलोराडोखबर संवाददाता , August 4th, 2025

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा सतेन्द्र साहले उम्मदवारी दिनु भएको छ । समुदायप्रतिको जिम्मेवारी र संस्थाप्रतिको प्रतिबद्धतासहित सन् २०२५–२७ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।

सबैको साझा प्रयासबाट एनआरएनएलाई अझ उत्तरदायी, समावेशी र प्रभावकारी संस्था बनाउन सकिन्छ भन्ने विश्वास लिएको उहाँले बताउनु भयो ।

‘एनआरएनएको एकता, आजको आवश्यकता’, ‘अग्रजलाई सम्मान, युवालाई मतदान’, ‘युवा नेतृत्व र एकता, आजको आवश्यकता’ जस्ता आकर्षक नारासहित उहाँ चुनावी अभियानमा होमिनु भएको छ ।

समाजसेवी व्यक्तित्वको छबि बनाउनु भएका उहाँको चर्चा अमेरिका निवासी नेपाली माझ फैलिएको छ ।

नयाँ नेतृत्व चयनका लागि यही अगस्ट १६ र १७ मा निर्वाचन हुँदैछ ।

त्यसैगरी एनआरएनए एनसीसी अमेरिकाको वरिष्ठ उपाध्यक्षमा त्रिभुवन पाण्डे र उपाध्यक्षमा श्रीकृष्ण गौतमले उम्मेदवारी दिनु भएको छ । पाण्डे र गौतम पनि समाजसेवी व्यक्तित्वका रुपमा अमेरिका निवासी नेपालीहरुमाझ परिचित हुनुहुन्छ । उहाँहरुले एनआरएनए एनसीसीको नेतृत्वमा रहेर अमेरिका निवासी नेपालीहरुको हकअधिकारका पक्षमा कार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्