३० भाद्र २०८२, सोमबार

एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा उम्मेदवारी दिएसँगै निमा शेर्पाको चर्चा चुलियो

कोलोराडोखबर संवाददाता , August 4th, 2025

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा निमा शेर्पाले उम्मेदवारी दिएका छन् ।

यही अगस्ट १६ र १७ मा हुने निर्वाचन मार्फत सन् २०२५–२७ कार्यकालको लागि नयाँ कार्यसमिति हुन लागेको हो ।

स्थानीय आवश्यकता, समस्या र सम्भावनामा केन्द्रित भएर कोलोराडो च्याप्टर अध्यक्ष पदमा उम्मेदवारी दिएको शेर्पाले बताए ।

कोलोराडो क्षेत्रका हरेक सामाजिक कार्यमा उत्तिकै सक्रिय रहँदै आएका शेर्पा लामो समयदेखि एनआरएनए अभियानमा जोडिंदै आएका व्यक्ति हुन् ।

यसअघि एनआरएनए एनसीसी अमेरिकाको बीओडी रहेर कार्य गरेका शेर्पाले कोलोराडो च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी दिएसँग कोलोराडो निवासी नेपाली समुदायमाझ उनको चर्चा चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्