अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबर महिनामा आयोजना हुने १२औं महाधिवेशनमा करिब ३४ सय प्रतिनिधिहरूले सहभागिता जनाउने भएका छन्।
संघको विधानअनुसार १ हजारभन्दा बढी पञ्जीकृत सदस्य रहेका मुलुकहरूले १०० भन्दा बढी प्रतिनिधि पठाउन सक्ने व्यवस्था छ । हालसम्म संघका ५८ देशमा ८० हजार ३३ जना पञ्जीकृत सदस्य रहेका छन् ।
संघको विधानअनुसार अमेरिकाबाट ४०० जना, युरोपबाट ११०० जना, मध्यपूर्वबाट ६५० जना, एशियाबाट ७०० जना, ओसिनियाबाट ४०० जना र अफ्रिकाबाट १०० जना प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउने छन् । सोही अनुसार बेलायत (यूके) बाट १५० जना पञ्जीकृत सदस्य र २४ जना केन्द्रीय पदाधिकारी गरी कुल १७४ जना प्रतिनिधिले भाग लिन पाउने छन् ।
प्रतिनिधि छनोट सम्बन्धित मुलुकको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को निर्वाचन प्रक्रियामार्फत हुनेछ। निर्वाचनमा सहभागिता जनाउनका लागि समयमै सदस्यता नवीकरण गरिएका पञ्जीकृत सदस्यहरू मात्र योग्य मानिनेछन् ।
प्रतिक्रिया दिनुहोस्