१७ श्रावण २०८२, शनिबार

नेजाद्वारा वाग्लेको उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध

कोलोराडोखबर संवाददाता , August 1st, 2025

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले गम्भीर बिरामी भएका संघका आजीवन सदस्य जीवन्त वाग्लेको उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध गरेको छ ।

नेजाले आजीवन सदस्य वाग्लेको सहयोगार्थ ‘गोफन्ड अभियान’ पनि सञ्चालन गरी सहयोगका लागि अनुरोध गरेको हो ।

नेजाका महासचिव ईश्वरी न्यौपानेले साउन ११ गते बसेको सल्लाहकारसहितको बैठकले सहयोग गर्ने निर्णयबमोजिम यो अभियान सञ्चालन गरिएको बताए । “वाग्ले ‘ब्रेन टुयुमर’को समस्याबाट ग्रस्त छन् ।

अमेरिकास्थित क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोस्थित वालनट क्रिकको जोन म्युअर अस्पतालमा जुलाई ७ मा शल्यक्रिया गरेपछि उनी अहिलेसम्म सोही अस्पतालमै छन्”, उनले भने ।

महासचिव न्यौपानेले भने, “उहाँको स्वर गुमेको छभने होस पनि पूरै नआएको तथा खानासमेत मुखबाट खान नसकेपछि पेटमा पाइपको माध्यमद्वारा झोलिलो खाना मात्र दिनु परिरहेको छ । उहाँलाई कति समयसम्म अस्पताल राख्नुपर्ने र पूर्ण स्वस्थ हुन सक्नेरनसक्नेबारे चिकित्सकले केही भन्न नसकिने बताएका छन् ।”

नेजाले अभियानलाई धेरैभन्दा धेरै व्यक्तिको पहुँचमा पुर्‍याउन तथा आर्थिक सहयोगका लागि आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्