१७ श्रावण २०८२, शनिबार

‘पद्मश्री साहित्य पुरस्कार’का निम्ति उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

कोलोराडोखबर संवाददाता , August 1st, 2025

नेपाल । खेमलोल हरिकला लामिछाने प्रतिष्ठानले बर्सेनि प्रदान गर्दै आएको ‘पद्मश्री साहित्य पुरस्कार’का निम्ति उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ ।

संक्षिप्त सूचीमा छुदेन काविमोको आख्यान ‘उरमाल’, रमेश भुसालको गैरआख्यान ‘छालबाटो’, भवानी खतिवडाको नियात्रासंग्रह ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ परेका चितवनको रत्ननगरस्थित प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्