१३ श्रावण २०८२, मंगलवार

ग्रीसमा मृत्युभएका विकास गौतमको शव नेपाल ल्याइयो

कोलोराडोखबर संवाददाता , July 28th, 2025

नेपाल । ग्रीसमा रोजगारीको क्रममा ज्यान गुमाएका नवपरासी बर्दघाटका विकास गौतमको शव शनिवार राती नेपाल ल्याईएको छ ।

ग्रीसमा दुतावास समेत नभएको अवस्थामा परिवारले लाश मगाईदिन सहयोगको अपिल गरे अनुसार नेपाल झिकाउन सहजिकरण गरेको रिटर्नी फेडेरेसन नेपालका सचिव ज्ञानु खवासले जानकारी दिनुभएको छ ।

रिटर्नी फेडेरेसन नेपालका विदेश विभाग प्रमुख समेत रहेका खवासले धेरै दिनको मेहेनत र सहजिकरण पछि शव नेपाल ल्याउन सफल भएको बताएका छन ।

मृतकका आफन्तहरुले शव नेपाल ल्याउन विषयमा तनावमा रहेको जानकारी गराएपछि विभिन्न निकायमा पहल गरिएको हो । रिटर्नी फेडेरेसन नेपालका प्रतिनिधिमण्डलले विभिन्न आवश्यक कागजात र पक्रिया पुरा गरेर सो कार्य गर्न सफल भएको छ ।

शनिवार राती ११ बजे एयरपोर्टमा लाश बुझेर परिवारको जिम्मामा लगाईको थियो ।

यस अघि जुन ९ मा मलेसियामा मृत्यु भएका २१ वर्षिय रोहित कुमार मुखियाको शव नेपाल ल्याउन सहजिकरण गरेको थियो । फेडेरेसनले विदेशमा रहेका नेपालीहरु तथा रिटर्नीहरुको लागि परोपकारी कार्य तथा योगदान समेत गर्दै आईरहेको संगठनका महासचिव खेम कार्कीले जानकारीले दिएका छन ।

प्रतिक्रिया दिनुहोस्