अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा कुँवरले १३७०१ मतमध्ये ६८३९ मत प्राप्त गरी सन्जीव ढकाल र भैरव ढकाललाई पराजित गरेका छन् ।
निर्वाचनबाट उपाध्यक्षमा बबिन मिश्र विजयी भएका छन् । यस्तै महासचिवमा क्यानबेराबाट चुणमणि सापकोटा निर्वाचित भए । कोषाध्यक्ष पदमा निजन चौलागाई निर्वाचित भए ।
प्रतिक्रिया दिनुहोस्