११ श्रावण २०८२, आईतवार

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि कृतिको सूची सार्वजनिक

कोलोराडोखबर संवाददाता , July 26th, 2025

नेपाल । चितवनस्थित कविडाँडा साहित्य समाजले २०८१ सालका लागि ‘कवि डाँडा राष्ट्रिय आख्यान पुरस्कार’को पहिलो चरणमा उत्कृष्ट दश आख्यानकृतिको सूची सार्वजनिक गरेको छ ।

‘अर्हत्’ (शैलेन्द्र अधिकारी), ‘उरमाल’ (छुदेन काविमो), ‘एउटा मायी नगरमा’ (रमेश क्षितिज), ‘धीमहि’ (जयराम तिमल्सिना), ‘प्रवासीको देश हुन्न’ (पंचम अधिकारी), ‘रुदाने’ (टंक चौलागाईं), ‘सावर्णि’ (श्रीधर खनाल), ‘सिमसारा’ (बसन्त बस्नेत), ‘स्व’ (सरस्वती प्रतिक्षा) र ‘हिउँको गीत’ (तीर्थ गुरुङ) कृतिहरू सूचीमा परेको समाजका अध्यक्ष एल.बी. क्षेत्रीले जानकारी गराएका छन् ।

कृतिहरूमध्येबाट दोस्रो चरणमा उत्कृष्ट पाँच कृतिको सूची प्रकाशित गरिने र ती मध्येबाट उत्कृष्ट एक कृतिको छनोट गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्