१५ श्रावण २०८२, बिहीबार

एनआरएनए र रिटर्नी फेडरेशन नेपालबीच समझदारीपत्रमा औपचारिक हस्ताक्षर

कोलोराडोखबर संवाददाता , July 24th, 2025

नेपाल । गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्य तथा साझेदारी प्रवर्द्धन गर्ने उद्देश्यले एक समझदारीपत्रमा औपचारिक हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारीपत्रमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष डा. बद्री केसी तथा रिटर्नी फेडरेशनका तर्फबाट अध्यक्ष विनोद भट्टराईले हस्ताक्षर गर्नुभएको हो ।

यस समझदारीमार्फत दुबै संस्थाबीच आपसी सहकार्य, अनुभव आदानप्रदान, स्रोत तथा सञ्जालको उपयोग, र भविष्यमा हुने संयुक्त कार्यक्रमहरू सञ्चालन गर्ने सम्बन्धमा स्पष्ट सहमति गरिएको छ ।

उक्त समझदारीले नेपाल फर्किएका दक्ष जनशक्तिको समायोजन तथा गैरआवासीय नेपाली समुदायसँगको समन्वयमा नयाँ सम्भावनाहरू खोल्ने विश्वास व्यक्त गरिएको छ। गैरआवासीय नेपाली संघको ९१ देशमा राष्ट्रिय समन्वय परिषद्सहितको विश्वव्यापी सञ्जाल रहेको छ भने रिटर्नी फेडेरेसन नेपालको ६५ भन्दा बढी जिल्लामा क्रियाशील फर्किएका नेपालीहरूको छाता संगठन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्