७ श्रावण २०८२, बुधबार

बङ्गलादेशको राजधानी ढाकामा लडाकु विमान दुर्घटना, १९ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , July 22nd, 2025

अमेरिका । बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो ।

चिनियाँ निर्मित एफ–७ बीजेआई (एफ–७ बीजेआई) लडाकु विमान दिउँसो १ः०६ बजे प्रशिक्षणका लागि उडेपछि केही समयमै ढाकास्थित मिलस्टोन स्कूल एन्ड कलेजको क्याम्पसमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये ८३ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । घटनास्थलमा तत्कालै उद्धार कार्य सुरू गरिएको थियो र आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्