१९ भाद्र २०८२, बिहीबार

बेलायतमा बसोबास गर्दै आएका विनोद बरालको ‘मःमःका पाइलाहरू’ विमोचन

कोलोराडोखबर संवाददाता , July 22nd, 2025

अमेरिका । बेलायतमा बसोबास गर्दै आउनुभएका विनोद बरालद्वारा लिखित ‘मःमःका पाइलाहरू’ विमोचन गरिएको छ ।

लन्डनस्थित बिजनेस डिजाइन सेन्टरको ‘दी नेसनल जियोग्राफिक ट्राभलर फुड फेस्टिभल’ मा साहित्यकार युवराज नयाँघरे, समाजसेवी नवीन गुरुङ, लेखक बराल, उद्यमी जनक राई, तारा वाइबालगायतले कृति विमोचन गर्नुभयो ।

सो क्रममा नयाँघरेले हरेक परिकारसँगै देश, संस्कृति र आफ्नो मौलिकता रहेको बताउँदै पुस्तकमार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको उल्लेख गर्नुभयो ।

लेखक बरालले आफू नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सधैँ क्रियाशील भइरहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्