४ श्रावण २०८२, आईतवार

लघुकथा समाज, नेपालको अध्यक्षमा तुलसीहरि कोइराला चयन

कोलोराडोखबर संवाददाता , July 20th, 2025

काठमाडौं । लघुकथा समाज, नेपालको १९औँ साधारणसभा सम्पन्न भएको छ ।

शनिबार काठमाडौंमा आयोजित साधारणसभामा समाजका महासचिव सुमन सौरभले संगठनात्मक र कोषाध्यक्ष छविरमण सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभाबाट दुवै प्रतिवेदन पारित गरिएको छ ।

सभामा समाजका सल्लाहकार एवं अग्रज नाट्यकर्मी अशेष मल्लले यसले महत्त्वपूर्ण काम गर्दै आएको चर्चा गरे । सल्लाहकार प्राडा लक्ष्मणप्रसाद गौतमले नयाँ कार्यसमितिले इतिहास निर्माण गर्नुपर्नेमा जोड दिए ।

समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथाको सांगठनिक स्वरूपका बारेमा कसैले चर्चा नगरेको समयमा यो संस्था गठन गरिएको स्मरण गरे ।

निवर्तमान अध्यक्ष गोपाल अश्कले समाजले गरेका कामहरूबारे बोले । कार्यक्रममा राधेश्याम लेकाली, मोहन चापागाईंलगायत साहित्यकारले शुभकामना मन्तव्य व्यक्त गरे ।

साधारणसभाबाट लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समाजको उपाध्यक्षमा शुषमा चित्रकार, महासचिवमा सुमन सौरभ, सचिवमा श्रीबाबु कार्की, कोषाध्यक्षमा छविरमण सिलवाल र सदस्यमा सिन्धु गौतम, तारा केसी, मधु पाठक र राजेश खनाललाई सर्वसम्मत रूपमा चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्