कोलोराडो । एनआरएनए एनसीसी अमेरिका (२०२५–२०२७) कार्यकालका लागि कोलोराडो निवासी रामचन्द्र (आरसी) पन्तले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पन्तले यसअघि एनआरएनए कोलोराडो च्याप्टरको सचिव, उपाध्यक्ष हुँदै सन् २०२१–२०२३ मा अध्यक्ष पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
नेपालमा गोरखा घर भएका पन्त सन् २००६ देखि अमेरिकाको कोलोराडोमा बस्दै आएका छन् । एमबिए उत्तीर्ण गरेका उनी हाल सरकारी सेवामा आबद्ध छन् । उनी क्यापिटल एसेस्ट, ग्राण्ट रिपोर्टिङ र फाइनान्सियल रिपोर्टिङमा दख्खल राख्छन् ।
कोलोराडो क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनी युवाहरुबीच चिरपरिचित छन् । उनीसंग एनआरएनए आईसीसी र एनसीसीका विभिन्न कमिटीसँग कार्य गरेको अनुभव छ ।
पन्तका यस्ता छन् प्रतिबद्धता
-म निर्वाचित भएको खण्डमा मेरो नेत्तृवमा चुनाव लगत्तै हुने पहिलो वार्षिक साधारण सभा (AGM) बाटै पारदर्शी MIS सदस्यता प्रणाली लागू गर्ने छु। साथै विभिन्न राज्यहरूमा State Chapter हरूलाई पूर्ण अधिकार दिई हेल्प-डेस्क लाई अझै ससक्त ढंगले प्रस्तुत गर्नेछ, जसले कानुनी, आप्रवासन र सामुदायिक सहयोग सम्बन्धी सेवा छिटो र भरपर्दो रूपमा प्रदान गर्नेछ। यो सबै हाम्रो हालको विधान र अमेरिकी स्थानीय संघिय र केन्द्रीय सरकारको कानुनअनुसार हुनेछ ।
-म सबै एनआरएन समुदायलाई बंशजको नागरिकताको निरन्तरता र यसको पूर्ण कार्यान्वयनको पक्षमा तपाईहरू कै साथमा रहेर एनआरएए आईसिसि (NRNA ICC) र नेपाल सरकारको सकोकार निकायसंग लडिरहन्छु। यसलाई व्यवहारमा ल्याउन म अमेरिकि र नेपाली कानुनी विज्ञहरू र नीति निर्माताहरूसँग सहकार्य गर्नेछु, र बाँकी रहेका बिधानमा रहेको अवरोधहरू हटाउन प्रयास गर्नेछु ।
-मेरो भूमिका महासचिवमा रहदॉं खुला, प्रभावकारी र समावेशी रहनेछ, हामी बसोबास गरिरहेको देश र हाम्रो जन्मभूमि दुवै हाम्रो अधिकारको संरक्षण गर्न प्रतिबद्ध रहनेछु ।
-एनआरएनए एनसीसी अमेरिका (NRNA NCC USA) आज एक महत्वपूर्ण मोडमा छ । हामी सबै गैर-आवासीय नेपाली नागरिकहरूको हक अधिकार सुरक्षित गर्न, MIS सदस्यता प्रणाली सुधार गर्न र अमेरिका भरि हाम्रो सांस्कृतिक र आर्थिक उपस्थितिलाई बलियो बनाउन लागि परिरहेका छौं ।
-आउनुहोस्, हामी गैरआवासिय समुदाय सकेसम्म एकजुट भएर अमेरिका र नेपाल दुवैमा हाम्रो हक अधिकारको संरक्षण गरौं र हरेक एनआरएनको हरेक सम्भावनालाई उजागर गरौं ।
प्रतिक्रिया दिनुहोस्