–लक्ष्मण आचार्य–
जताततै विकास नै हुन्छ असारमा ।
खुसी भई आकाश नै रुन्छ असारमा ।
वर्षैभरि बहिरो बनी बस्छ सरकार
फेरि कुन हतारले सुन्छ असारमा ।
अरू बेला विकास बजेट रत्ती खर्चै हुन्न
खर्चले नै सगरमाथा छुन्छ असारमा ।
खोलानाला बढिकन पानी धमिलिन्छ
माछा मार्न जाल कोही बुन्छ असारमा ।
आयव्यय वासलात हिसाब दुरुस्त छ
सक्दो सबले कमिसन दुहुन्छ असारमा ।
-चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्