२४ असार २०८२, मंगलवार

अमेरिकाको लस एन्जेल्समा माओवादी नेता नारायणकाजीको नेपाली समुदायसँग भेटघाट

कोलोराडोखबर संवाददाता , July 8th, 2025

अमेरिका । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँगको भेटघाट कार्यक्रममा सहभागिता जनाएका छन् ।

कार्यक्रममा नेपालीहरूको सक्रिय उपस्थिति रहेको र विचार आदानप्रदानले सम्पन्न भएको छ । पछिल्लो पटक सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढंगले अघि बढाएको स्मरण गर्दै श्रेष्ठले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान सम्पन्न भएको तथा पहिलो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित हिमाल–पहाड जागरण अभियानको सफल समापन पश्चात अमेरिकाको भ्रमणमा आएका बताएका छन् ।

लस एन्जेल्स आगमनपछि आयोजित ग्रिट एण्ड मिट कार्यक्रममा उनले विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापक, पत्रकार, पुराना सहपाठी तथा विद्यार्थीहरूसँग भेटघाट गरेका थिए ।

कार्यक्रम अवैतनिक महावाणिज्यदूत ऋषि गुणाखर ढकालद्वारा आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय सिटी मेयरसमेत विशेष अतिथिका रुपमा उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्