२३ असार २०८२, सोमबार

अमेरिकामा एलन मस्कद्वारा नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा

कोलोराडोखबर संवाददाता , July 7th, 2025

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् ।

मस्कले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्समार्फत् दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मक्सले स्थापना गरेको ‘अमेरिका पार्टी’ औपचारिक रुपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्