२२ असार २०८२, आईतवार

विष्णु पौडेल (प्रकाश) द्वारा एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

कोलोराडोखबर संवाददाता , July 6th, 2025

अमेरिका । एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष विष्णु पौडेल (प्रकाश) ले एनआरएनए एनसीसी अमेरिकाको आगामी निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले विगत ८ वर्षदेखि कोलोराडो च्याप्टरमा सक्रिय रूपमा रहेर विभिन्न जिम्मेवारी पूरा गर्दै आएका छन् । च्याप्टरको अध्यक्ष पदमा रहँदा दिनरात खटिएर समाजसेवामा योगदान पुर्‍याएको अनुभव सँगालेका छन् ।

अहिले एनआरएनए संस्थामा कुनै पक्ष वा विपक्ष नभई निष्पक्ष रूपमा काम गर्दै संस्थाप्रतिको असन्तुष्टि घटाउन र आम गैरआवासीय नेपालीहरूको हकहितको लागि संस्था अझै मजबुत बनाउन उनले उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्