२१ असार २०८२, शनिबार

एनआरएनए सदस्यता रिपोर्ट: ६०,४८१ जना सदस्यता स्वीकृत, ४,९६७ नयाँ सदस्यता प्रक्रियामा

कोलोराडोखबर संवाददाता , July 5th, 2025

अमेरिका । गैरआवासीय नेपाली संघ (NRNA) का लागि २०२५–२०२७ कार्यकालको सदस्यता विवरण अद्यावधिक गर्दै ४ जुलाई २०२५ सम्मको तथ्यांक सार्वजनिक गरिएको छ। हालसम्म कुल ६०,४८१ जना सदस्यता स्वीकृत भइसकेका छन् भने थप ४,९६७ नयाँ सदस्यता आवेदनहरू स्वीकृतको प्रक्रियामा रहेका छन्।

देश अनुसार सदस्य संख्या
१. जापान – १८,४३५ जना
२. अष्ट्रेलिया – १५,५५१ जना
३. क्यानडा – ५,४६० जना
४. अमेरिका – ४,९८८ जना
५. संयुक्त अधिराज्य (यूके) – ३,५०८ जना
६. साउदी अरेबिया – ३,१२७ जना
७. संयुक्त अरब इमिरेट्स (युएई) – १,७२१ जना
८. आयरल्याण्ड – १,४०२ जना

संघको क्षेत्रगत विवरण अनुसार
• एशिया प्यासिफिक क्षेत्रबाट सबैभन्दा धेरै १९,४८५ सदस्यता स्वीकृत भएका छन्, जसमा जापानबाट मात्रै १८,४३५ सदस्य छन्।
• ओसिनिया क्षेत्रबाट १६,५३४ सदस्य रहेका छन्, जसमा अष्ट्रेलियाबाट १५,५५१ सदस्य छन्।
• अमेरिका महादेशबाट कुल १०,४४८ सदस्य छन्, जसमा क्यानडाबाट ५,४६० र अमेरिकाबाट ४,९८८ जना छन्।
• युरोप क्षेत्रबाट ८,३१४ सदस्यता स्वीकृत भएका छन्। युकेबाट सबैभन्दा बढी ३,५०८, आयरल्यान्डबाट १,४०२ सदस्य रहेका छन्।
• मध्यपूर्व क्षेत्रबाट ५,१०९ सदस्य रहेका छन्, जसमा साउदी अरबबाट ३,१२७, युएईबाट १,७२१ सदस्य छन्।
• अफ्रिका क्षेत्रबाट ५८७ सदस्य रहेका छन्, जसमा सेशेल्सबाट सबैभन्दा धेरै ३६१ सदस्य रहेका छन्।
क्षेत्रगत सहभागिता (प्रतिशतमा)
१. एशिया प्यासिफिक – ३२.२%
२. ओसिनिया – २७.३%
३. अमेरिका – १७.३%
४. युरोप – १३.७%
५. मध्यपूर्व – ८.४%
६. अफ्रिका – १.०%

हालसम्म ५४ वटा राष्ट्रिय समन्वय परिषद् (NCC) MIS प्रणालीमा आबद्ध छन् भने १४० वटा परिषद्हरूलाई सदस्यता स्वीकृतिका लागि प्रशासनिक पहुँच (admin access) दिइएको छ। सदस्यता संकलनमा जापान लगातार शीर्ष स्थानमा रहेको देखिन्छ भने अष्ट्रेलियाको सहभागिता पनि उच्च छ।

गैरआवासीय नेपाली संघले Smart NRNA मोबाइल एपमार्फत सदस्यता प्रणालीलाई थप सहज, पारदर्शी र आधुनिक बनाएको छ। आगामी दिनहरूमा बाँकी सदस्यता आवेदन स्वीकृति भएपछि यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। हालसम्म, ५४ वटा राष्ट्रिय समन्वय परिषद् (NCC) हरू MIS प्रणालीमा आबद्ध भइसकेका छन् ।
जापान र अष्ट्रेलियामा सदस्यता वितरण सकिएको छ, जसमा जापान शीर्ष स्थानमा देखिएको छ भने अष्ट्रेलियाको सहभागिता पनि उल्लेखनीय छ।यस्तै आयरल्याण्ड, साउदी अरेबियामा पनि सदस्यता वितरण सकिसकेको छ ।

गैरआवासीय नेपाली संघ (NRNA) ले Smart NRNA मोबाइल एप मार्फत सदस्यता प्रणालीलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाएको छ। आगामी दिनहरूमा बाँकी परिषद्हरूको सदस्यता आवेदन स्वीकृति पश्चात् यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्