२५ जेष्ठ २०८२, आईतवार

इलाममा बुढ्यौली साहित्य समाज गठन, अध्यक्षमा इलामे जेठो

कोलोराडोखबर संवाददाता , June 8th, 2025

नेपाल । इलाममा शिव अधिकारी ‘इलामे जेठो’ को अध्यक्षतामा बुढ्यौली साहित्य समाजको गठन भएको छ ।

जेठ २४ गते शनिबार साहित्यकार प्रकाश थाम्सुहाङको अध्यक्षता र नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नौ सदस्यीय बुढ्यौली साहित्य समाज इलाम शाखा गठन गरेको छ ।

यस समितिमा अध्यक्षमा शिव अधिकारी ‘इलामे जेठो’, उपाध्यक्षमा रविमान लम्जेल, सचिवम पवित्रा घिमिरे, कोषाध्यक्षमा जमुना लामिछाने तथा सदस्यहरूमा प्रकाश थाम्सुहाड।, धर्म भण्डारी, तुलाराम पुरी, छिकिन तामाङ तथा चन्द्रवीर खत्री रहेका छन् ।

भेलामा इलामका अग्रज साहित्यकारहरू जयनारायण भट्टराई, देवी गौतम, विमल वैद्य, टिका घिमिरे, नगर प्रमुख केदार थापा, तोयानाथ भट्टराई, युद्धप्रसाद वैद्यलगायतका साहित्यकारहरूको बाक्लो समुपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बाबुराम पोखरेलले बुढ्यौली साहित्यको परिचय दिँदै यसको उद्देश्य र महत्त्वका बारेमा चर्चा गरे भने नव गठित समितिका अध्यक्ष शिव अधिकारीले सबैको साथ र सहयोगमा बुढ्यौली साहित्यको मर्मअनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्