२४ जेष्ठ २०८२, शनिबार

हार्वर्ड पढ्न जाने विदेशी विद्यार्थीको भिसामा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

कोलोराडोखबर संवाददाता , June 6th, 2025

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गर्ने विदेशी विद्यार्थीको भिसामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ ।

यसले उहाँको प्रशासनको उच्च शिक्षामाथिको कडाइलाई बढाएको छ ।

“हार्वर्ड विश्वविद्यालयमा अध्ययनको पाठ्यक्रम वा हार्वर्ड विश्वविद्यालयले आयोजना गरेको विनिमय आगन्तुक कार्यक्रममा भाग लिनका लागि मात्र वा मुख्य रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोज्ने विदेशी नागरिकहरूको प्रवेश प्रतिबन्धित गर्न आवश्यक छ भनेर मैले निर्णय गरेको छु”, ट्रम्पले एक विज्ञप्तिमा भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्