९ जेष्ठ २०८२, शुक्रबार

अर्थतन्त्र सकारात्मक बाटोमाः प्रधानमन्त्री ओली

कोलोराडोखबर संवाददाता , May 23rd, 2025

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताउनुभएको छ ।

“बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्