३० बैशाख २०८२, मंगलवार

गीतः तिम्रो गाउँमा तिम्रै हातले पानी पिलाइनौ…

कोलोराडोखबर संवाददाता , May 13th, 2025

–डा. नवराज लम्साल–

तिम्रो गाउँमा तिम्रै हातले
पानी पिलाइनौ
एकै झुल्को दर्शन गर्ने
मौका मिलाइनौ ।

ल्याइदिएको जाली रुमाल मैलिएर गयो
छाती पनि भत्किएको आँगनजस्तो भयो
हिउँ हेरेर सागर छोएँ सम्झेँ बालापन
आँखै सामु गुलाफ जल्दा कस्तो भयो मन

भन्न बाँकी कथा भन्ने
मौका मिलाइनौ
तिम्रो गाउँमा तिम्रै हातले
पानी पिलाइनौ

हालबात जे जे थिए थिए मात्रै भए
मीठा बोली बचन पनि खोइ कता गए
साइनो भन्नु के भन्नु खै दिलले डाँडो काट्यो
साइनो नभै साइनो लाको साइनो पनि फाट्यो

मन्दिर जाने देउता भेट्ने
मौका मिलाइनौ
तिम्रो गाउँमा तिम्रै हातले
पानी पिलाइनौ ।

प्रतिक्रिया दिनुहोस्